नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ उपलब्ध गराउने भएको छ। यस अफर अन्तर्गत ग्राहकहरूका लागि ‘अनलिमिटेड लाइट र अनलिमिटेड प्रो’ गरी दुई प्रकारका आकर्षक प्याकेजहरू उपलब्ध हुनेछन्।
‘न्यू इयर लाइट’ अन्तर्गत ९९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र उक्त ५ जीबीको सीमा पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएसको गतिमा असीमित डाटा प्रयोग गर्न सकिनेछ। त्यसैगरी, ‘न्यू इयर प्रिमियम’ अन्तर्गत १ हजार ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा प्राप्त हुनेछ र १० जीबीको सीमा पूरा भएपछि बाँकी अवधि ३ एमबीपीएसको गतिमा असीमित रूपमा डाटा चलाउन सकिनेछ।
यी दुवै प्याकेजहरू प्रयोग गर्न सकिने समयावधि ३० दिनको हुनेछ। ग्राहकहरूले भोलि अर्थात् जेठ १४ गतेदेखि आगामी जेठ १६ गतेसम्म यस अफर अन्तर्गतका प्याकेजहरू खरिद गर्न सक्नेछन्। पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूको हकमा उनीहरूले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश गरिने टेलिकमले जनाएको छ।
यो गणतन्त्र दिवस अफर प्राप्त गर्नका लागि ग्राहकहरूले जेठ १४ देखि १६ गतेसम्म आफ्नो मोबाइलबाट १४१५११# डायल गरेर वा नेपाल टेलिकमको एपमार्फत सहजै प्याकेज खरिद गर्न सक्नेछन्। रासस/प्रेस विज्ञप्ति अनुसार कम्पनीका प्रवक्ता डा. कमल लामिछानेले यस अफरको बारेमा आधिकारिक जानकारी दिनुभएको हो।
प्रतिक्रिया दिनुहोस्