Advertisement GIF
कल्पवृक्ष
श्रावण १ बिहीबार, ११:३७ अपराह्न
२४५ करोड पुग्यो ‘सितारे जमीन पर’ कमाइ

आमिर खान र जेनेलिया देशमुख अभिनित नयाँ चलचित्र ‘सितारे जमीन पर’ले भारतमा २ अर्ब ४५ करोड कमाइ गरेको छ। फिल्मले प्रदर्शनको २७ दिनसम्ममा उक्त कमाइ गरेको हो।

रिलिजको सुरुवाती केही कठिन देखिएपनि विस्तारै चलचित्रले दर्शक तान्न सफल देखिएको हो। आरएस प्रसन्नद्वारा निर्देशित यो फिल्मले प्रदर्शनको ९ दिनमा भारतमा सय करोड ९एक अर्ब०को आँकडा पार गरेको थियो। रिलिजको पहिलो दिन १० करोड ७० लाख कमाइ गरेको फिल्मले दोस्रो दिन २० करोड २० लाख कमाएको थियो।

आमिर खान प्रोडक्सनको यो स्पोर्टस कमेडी ड्रामा नेपालका हलमा समेत प्रदर्शन भइरहेको छ। नेपालमा भने भारतमा प्रदर्शन सुरु भएको एक हप्तापछि मात्रै प्रदर्शनमा आएको थियो। वलिउड हंगामाले यो चलचित्रलाई ‘हिट’को संज्ञा दिएको छ। ‘ठग्स अफ हिन्दुस्तान’ र ‘लालसिंहा चड्ढा’ आमिर खानका पछिल्ला फ्लप फिल्म हुन्। तर, ‘सितारे जमीन पर’ले आमिर खानलाई पुनस् पुरानै लयमा फर्काउन सफल भएको छ।

आमिर खान २ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो फिल्मका अभिनेता हुन्। सन् २००८ मा उनको चलचित्र गजिनी २ सय करोडमाथिको कारोबार गर्ने पहलो चलचित्र थियो। फिल्मले २३२ करोड आम्दानी गरेको थियो।