एउटा घर अनि बाहिरी संसार । अनि सबैतिर भ्याउनु पर्ने एउटी आमा । उनी जहिले पनि सोच्छिन् कि म सबै काम गर्नमात्र होइन, राम्रैसॅग गर्न सक्छु। मेरो बालबच्चालाई राम्रोसँग हेरचाह गर्छु । गुणस्तरयुक्त समय बिताउॅछु । घरपनि चटक्क सफा राख्छु । परिवारलाई स्वास्थ्य खाना बनाएर खुवाउँछु । आफ्नो करियर पनि राम्रो बनाउनु छ, काम पनि खुब मेहनत गरेर गर्नुछ ।
ओहो सॅाच्चै सामाजिक काम पनि पो गर्नुछ। हामीजस्तै दुःख पाएका, पछिपरेका महिलाहरुको लागि पनि केहि त गर्ने पर्यो नि। उता पाको आमा हुनुहुन्छ । बेला बेलामा हेरचाह अनि आमाको स्वास्थ्य उपचारको बारेमा पनि बुझी राख्छु, दाजुभाइ दिदीबहिनीहरू, साथीहरू, आफन्तहरू सबैसॅग पनि सम्बन्ध त बचाउनै पर्यो नि।
यस्तै सोच्छिन्, सबै तिर राम्रो गरुँ भन्दाभन्दै सबैतिर कहिले काहीँ त बिग्री रहेको हुन्छ, तैपनि थाक्दिनन् उनी । फेरि हिम्मत लिएर पाइला चालिरहन्छिन् । ‘हिजो जे भयो आज त ठीक गर्छु, भोलि त अझ यो भन्दा राम्रो गर्छु।’ यस्तौ सोच्दै एउटी कामकाजी आमाको दिन, रात, महिना अनि बर्ष पनि बित्छ । आफ्नो सन्तानको खुशी र सुखलाई आफ्नो हजारौ इच्छा र चाहानाहरूको लागि बलिदानी दिॅदै सबैकुरा राम्रो नै गर्छु भन्दै अघि बढ्छिन् ।
आज जति सास्ति भएपनि भोलिको दिन अवश्य सुन्दर हुनेछ, उनी त्यही भोलिको पर्खाइमा छिन्। तर भोलि नत हामीले देखेका छौ नत उनले । यस्तै सपनामा डुब्दै बिहान पॅाचबजे खुलेको थकित ॲाखा सॅाझ १० बजेचॅाहि बन्द गर्छिन् । कामाना गर्छु उनको सारा सपना चॅाडै पुरा होस् ।
–इन्दिरा चोङबाङ/हाल : अमेरिका
प्रतिक्रिया दिनुहोस्