Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ५ मंगलबार, ५:२८ अपराह्न
प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी –२०८२

नेपाली सेना अन्तर्गत आयोजित “प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी (छैटौं) –२०८२) राजधानी काठमाडौंमा सम्पन्न भएको छ। रिपुमर्दिनी सैनिक महाविद्यालय को २९औं वार्षिकोत्सवको अवसरमा दुई दिनसम्म सञ्चालन गरिएको उक्त प्रदर्शनी समापन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

समापन कार्यक्रममा कार्यथी उपरथी विष्णु राउतले प्रदर्शनीको अवलोकन गर्नुका साथै उत्कृष्ट परियोजना प्रस्तुत गर्ने विद्यालयहरूलाई पुरस्कार वितरण गरेका थिए। सो अवसरमा महाविद्यालयको वार्षिक मुखपत्र ‘रिपुमर्दिनी’ को पनि विमोचन गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जनाएको छ।

दुई दिनअघि सुरु भएको प्रदर्शनीमा सामुदायिक तथा संस्थागत गरी ३५ वटा विद्यालयका ४३ वटा परियोजनाको सहभागिता रहेको थियो। प्रदर्शनीमा विद्यालय तथा महाविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सर्वसाधारणले अवलोकन गरेका थिए।