Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ५ मंगलबार, ११:०४ अपराह्न
विश्वकपमा नेपालको सान्त्वना जित

नेपालले आईसीसी पुरुष टी– २० विश्वकपमा जित निकालेको छ । आज (मंगलबार) भएको समूह ‘सी’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध ७ विकेटको जित नेपालले निकालेको हो । अहिले पनि गाउँघरतिर ‘१२ वर्षमा खोलो फर्किन्छ’ भन्ने उखान चर्चित नै छ, विश्वकपमा पनि त्यस्तै भएको छ ।

नेपाल पछिल्लो पटक सन् २०१४ को विश्वकपमा विजयी भएको थियो । त्यतीबेला टोलीले हङकङ र अफगानिस्तलाई हराएको थियो । सन् २०२४ को विश्वकपमा भने नेपाल जितविहीन बनेको थियो ।

मुम्बईस्थित वनखेडे रंगशालामा स्कटल्यान्डले प्रस्तुत गरेको १७१ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा ४ चौका र ३ छक्काको मद्दतले अविजित ५० रनको योगदान गरे । यसैगरी, कुशल भुर्तेलले ४३, आसिफ शेखले ३३, गुल्सनकुमार झाले अविजित २४ र कप्तान रोहितकुमार पौडेलले १६ रन बनाए ।