गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको ७ जना भारतीय नागरिकको माइक्रोबस दुर्घटनामा मृत्यु भएको छ ।
सहिद लखन गाउँपालिका–३ कान्टारमा बाप्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस शनिबार (आज) साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकहरु सबै भारतीय छन् । यो दुर्घटनामा अन्य ७ जना घाइते छन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्