९ औं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको तेस्रो दिन (आइतबार) मेला स्थल ललितपुरको हेरिटेज गार्डेन, सानेपामा ‘मिसिङ मिडल अनलक’ गर्ने विषयमा प्यानल छलफल सम्पन्न भएको । प्यानल छलफलमा महिला नेतृत्वमा रहेका एमएसएमईका लागि लैङ्गिक–सजग र समावेशी वित्तीय प्रणालीमाथि विज्ञहरुले आफ्नो धारणा प्रस्तुत गर्नु भयो ।
करिव साढे २ घण्टा भएको छलफलको संयोजन सालोनिका सिंहले गर्नु भएको थियो भने स्वागत महिला उद्यमी महासंघकी अध्यक्ष दर्शना श्रेष्ठले गर्नु भयो ।

छलफलका लागि प्यानल सदस्यहरुमा वित्तीय समावेशीकरण तथा उपभोक्ता संरक्षण विभाग, नेपाल राष्ट्र बैंककी कार्यवाहक निर्देशक, सिखा अधिकारी, निक्षेप तथा कर्जा ग्यारेन्टी कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, विश्व बैंककी जया शर्मा, उद्यमी बनिता मित्तल र क्रेडिट सूचना ब्युरोका प्रवक्ता विजय कुँवर रहनु भएको थियो ।

छलफलको समापनमा महासंघकी प्रथम उपाध्यक्ष तथा मेला आयोजक समिति संयोजक सुनिता वैद्य श्रेष्ठले धन्यवाद दिनु भयो । यो मेला भोलि (सोमबार) बिहान सम्पन्न हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्