लोकदोहोरी गायक खेम सेन्चुरी र गायिका सपना रोकाको स्वरमा रहेको नयाँ गीत ‘कति राम्री’ सार्वजनिक भएको छ। सपना रोकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले छोटो समयमै दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।
गीतमा रमेश परियारको शब्द र नवीन परियार को संगीत रहेको छ। गीतको सङ्गीत संयोजन, ध्वनि मिश्रण र अन्तिम परिमार्जन एचबिएन किस्मतले गरेका हुन् भने रेकर्डिङ राज खड्काले ‘वान डिबी एचडी नेक्स्ट लेभल स्टुडियो’ मा गरेका हुन्। गीतमा समूह स्वरका रूपमा ज्ञानु परियार, रुपी स्याङ्जाली, नन्दु परियार र नवीन परियारको समेत सहभागिता रहेको छ।
भिडियोतर्फ नृत्य निर्देशन तथा निर्देशन मौसम हिमालीले गरेका छन्। भिडियोमा चर्चित अभिनेता पल शाह र मोडल साद्रिना ठकुरी मुख्य भूमिकामा देखिएका छन्। भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन, रङ संयोजन तथा दृश्य सजावट मनोज कार्की ले सम्हालेका छन्। भिडियोको कला निर्देशन जट्टा शंकरले गरेका हुन्।
यसैगरी श्रृङ्गार कलाकार सरिता मगर, पोशाक डिजाइन ‘भ्यालेन्टिनो द बुटिक’, समूह नेतृत्व समिर भोटे र निर्माण व्यवस्थापन मिलन कट्वालले सम्हालेका छन्। सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जाल र युट्युबमा दर्शकको ध्यान तान्न सफल भएको छ। लोकदोहोरी शैलीमा तयार गरिएको यस गीतमा आधुनिक प्रस्तुति, आकर्षक दृश्य र कलाकारहरूको जीवन्त अभिनयले गीतलाई थप प्रभावशाली बनाएको छ।
प्रतिक्रिया दिनुहोस्