Advertisement GIF
कल्पवृक्ष
श्रावण ३ शनिबार, १२:०० अपराह्न
सिंगो देश डुब्ने जहाज चल्छ यहाँ [गजल]

झेली र भ्रष्टको राज चल्छ यहाँ
विकृति बोकी समाज चल्छ यहाँ ।

इजाजतका व्यापार के के हुन् के के
बन्द कोठामा मसाज चल्छ यहाँ ।

सृष्टिका लागि दृष्टि चाँहिदैन
अन्धाको देश भो अन्दाज चल्छ यहाँ ।

हल्ला र गफैले बाँच्नेहरू छन्
कामभन्दा धेरै आवाज चल्छ यहाँ ।

जिन्दगीको जहाज त डुब्यो-डुब्यो
सिंगो देश डुब्ने जहाज चल्छ यहाँ ।

– सोम सुवेदी
पाँचथर (हाल युएई)