Advertisement GIF
कल्पवृक्ष
श्रावण ३१ शनिबार, ९:५९ पूर्वाह्न
पूर्वमा चर्चित बन्यो जुनीको ‘बाँस काटी चोयाको चट्टै छपनी’

जुनी खालिङ राई धनकुटा बसेर पूर्वमा चर्चा बटुल्न ब्यस्त छन् । गायनलाई सौखको रुपमा अगाल्दै आएकी जुनी अब भने यसैलाई पेशाको रुपमा लिने ध्याउन्नमा छन् । धनकुटाको साँगुरीगढीमा नरजीत र विष्णुमायाकी कान्छी सन्तान जुनी पछिल्लो समय पूर्वमा हुने गायन प्रतियोगितामा निर्णायकको भूमिकामा पनि दखिन थालेकी छन् ।

सिंहदेवि माद्यमिक विद्यालयबाट अध्ययन सुरु गरेकी उनीले उच्च शिक्षा पनि धनकुटाबाट नै लिइन् । उनका बुबा नरजीतले गायिका बन्नु पर्छ भन्दै हौस्याउने गरेको तर खासै रुची नभएकी उनी अन्तत पूर्वाञ्चल गट ट्यालेण्ट प्रतियोगितामा सहभागी भएर प्रथम नै भइन् । त्यसपछि भने उनको गायन यात्राले मेसो समाएको हो ।

उनकी माइली दिदी जीवन राई गीत लेख्छिन् । उनै जीवनले रचना गरेको गीत सुरुमा गाएको उनले स्मरण गरिन् । ‘साँझ बिहान सबै दिन सम्झान मै कटाउँदा’ बोलको लोक आधुनिक गीत गाइन् । त्यसको लगत्तै यो नजर ले त्यो नजर देखेझै लाग्यो, बोलको पनि गाइन् । उनको श्वर राम्रो मानेर श्रोता बढ्नेक्रमै थिए । जुनुको युटुब च्यानल थिएन । अरुकै च्यानलमार्फत उनले गाएका गीत युट्युवमा पोष्ट गरिन् । त्यसपछि भने उनका गीतको अफर आउन थालेको जुनी बताउछिन् ।

देशमै खुव रुचाइने पूर्वेली लोकगीततर्फ उनी मोहित भइन् र गाउन थालिन् । गीत सङ्गीत नसिकेका कारण सुरुमा केही असहजता भोगेकी उनले सिक्ने र गाउनेक्रमलाई अहिले भने निरन्तरता दिइरहेकी छन् । पछिल्लो समयमा बाँस काटी चोयाको चट्टै छपनी बोलेकाो गीत खुव चल्यो । अनि juni khaling rai official युट्युव च्यानल खोलिन् । छोटो समयमानै जुनीले १ सय ७८ वटा गीत गाइसकेकी छन् ।

उनले पूर्वाञ्चल गट ट्यालेन्ट शोका तीन वटा सिजनमा निर्णायकको भूमिका पनि निभइसकेकी छन् । आठ वर्षदेखि गीत गाउन थालेकी उनी अब गीत सङ्गीतमै रहेर अघि बढ्ने बताउँछिन् । गीत गाएर गुजारा चलाउन समस्या हुने अग्रज कलाकारहरुले सुनाउने गरे पनि आफूलाई त्यस्तो अनुभव नभएको उनले सुनाइन् । ‘पारिश्रमिक लिएर गीत गाउनाकै कारणले खासै समस्या छैन ।’– उनले भनिन् ।

गीत गाउँदा आफ्नो पारिश्रमिक नतोक्ने उनी अग्रज कलाकारले दिएको पारिश्रमिकमै चित्त बुझाउने गरेकी छन् । ‘सङ्गीत भन्ने चिज राम्रो÷नराम्रो आ– आफ्नो विचारमा होला तर म चाहिँ जुनसुकै क्षेत्र मा भए पनि आफ्नो ठाउ, आफूले गरेको काम राम्रो नै देख्छु, नराम्रो पक्ष त्यत्ती देख्दिन ।’– जुनीको भनाइ छ ।

उनका अनुसार यो क्षेत्रको समुचित विकासका लागि अरुको भर पर्नु भन्दा आफूमै निर्भर हुन सकेमा सबैभन्दा राम्रो हुन्छ ।