पुरानो कुहियो, नयाँ गन्हायो
दुबैको भित्र, चेतना हैन
दुर्गन्धको पोको छ ।
देश जल्यो
किन्नेहरूले नैतिकता तौलिएर सत्ता किने
माटो होइन, शक्ति पूजा भयो
प्रज्ञा होइन, चमत्कार बाँच्यो
क्रान्ति र सुशासन शब्द कण्ठस्थ छ
चेतना, बेहिसाब हरायो
नयाँ हुन वा पुराना
घर आगो लगाएर
खरानी बेच्ने सरदार हुन ।
आयातित ज्ञानको सिंहासनमा बसेर
स्वदेशको बलात्कार गर्ने
अस्थिपन्जरको जेलभित्र
मस्तिष्कको कैदी बनेका
अपराधको बैध्यता दिलाउने
तिम्रो सपनाको साक्षी किनारामा
फड्के सदर गर्न जम्मा हुँदै गरेको
अबचेतन भिड भित्र
उतेजित शैली र भाषणले
देश मारेर मलामी भेला गर्दै
ज्ञान सङहार गर्ने संङख घोष गर्दैछौ ।
ऎतिहासिक अपराधको चस्मादित गवा
आगोहरुको शहरमा
घर आगो लगाएर खरानीको व्यापार गर्दै
बजार खोज्ने भिडबीच
म नेपाल हाँसेको हेर्न चाहान्छु ।
–लाजेहाङ
प्रतिक्रिया दिनुहोस्