गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रतिवेदन सरकारले बुझेको छ । त्यो आन्दोलनमा भएको घटनाको सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले छानविन गर्दै प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई आज (आइतबार) बुझाएको हो ।
आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो भने खर्बबढीको आर्थिक क्षति भएको थियो । आन्दोलनपछि बनेको सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिको प्रतिवेदन बुझ्दै प्रम कार्कीले अध्ययनपछि प्रतिवेदन कार्यान्वयनको चरणमा जाने बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्