अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायका लागि यस वर्षको नेपाली नयाँ वर्ष विशेष हुने भएको छ। लोकप्रिय गायिका अन्जु पन्तले पर्थ र सिड्नीमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएकी छन्।
नेपाली एसोसिएसन अफ वेस्टर्न अष्टे्लियाको आयोजनामा पर्थको फरेष्ट प्लेसमा अप्रिल ११ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा नेपाली मेलोडी क्विनको रूपमा परिचित गायिका अन्जु पन्तले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछिन्।

यसैगरी सिड्नीमा रहेको अवर्न नेपालीज कम्युनिटीले अप्रिल १४ तारिखका दिन ग्रान्डभिल पार्कमा भव्य नयाँ वर्ष २०८३ सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। उक्त कार्यक्रममा गायिका अन्जु पन्तले एक दर्जनभन्दा बढी गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
आयोजक संस्थाहरु र गायिका पन्तले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नयाँ वर्षलाई उल्लासका साथ मनाउन हार्दिक निमन्त्रणा दिएका छन्।
प्रतिक्रिया दिनुहोस्