Advertisement GIF
कल्पवृक्ष
पुस २४ बिहीबार, ११:२६ पूर्वाह्न
१० एसपी एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीमा रिक्त वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि १० प्रहरी उपरीक्षक (एसपी) लाई सिफारिस गरिएको छ ।

बढुवा समितिले गरेको सिफारिसमा विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी भएका रामप्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिंह चौधरी र नकुल पोखरेल रहेका छन् । यस्तै दिलिप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा बढुवा सिफारिसमा परेका छन् ।

सिफारिसमा परेका उनीहरुको बढुवासँगै रिक्त हुने एसपी पदमा पनि बढुवाका लागि प्रकृया सुरु भएको बताइन्छ ।