Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २५ सोमबार, ११:१८ अपराह्न
संखुवासभामा डा कार्की विजयी :  प्रत्यक्षको मत गणना पूरा

यही फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा १६५ क्षेत्रकै परिणाम सार्वजनिक भएको छ । पछिल्लो नतिजा संखुवासभाबाट आएको छ । जसमा नेकपा एमालेका डा अर्जुनकुमार कार्की ५५४ मतको अन्तरले रास्वपाका उम्मेदवार मिङ्मा शेर्पालाई पराजित गरे ।

कार्की १५ हजार ६३६ मत पाएर विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी  शेर्पाले १५ हजार मत पाए। तेस्रो स्थानमा रहेका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत ल्याएका छन्।