Advertisement GIF
सत्यदेव श्री १००८ महाराज
फाल्गुन २३ शनिबार, ७:५१ पूर्वाह्न
लालचभन्दा ठूलो रोग छैन : अन्तर्राष्ट्रिय सन्त श्री श्री १००८ सत्यदेव महाराज

–अन्तर्राष्ट्रिय सन्त श्री श्री १००८ सत्यदेव महाराज

असल स्वभावभन्दा ठूलो आभूषण छैन।
दानभन्दा ठूलो धर्म छैन,
संतोषभन्दा ठूलो सुख छैन।’

मानिसले जब आफ्नो स्वभावमा लोभ, अहंकार र स्वार्थ बढाउँछ, तब उसले सत्य, धर्म र कर्तव्य बिर्सन्छ। इतिहासले पनि देखाएको छ भने लालचले व्यक्ति मात्र होइन, राष्ट्रलाई समेत कमजोर बनाउँछ।

आज हाम्रो समाज र राजनीतिमा पनि यही समस्या देखिन्छ। जनताको सेवा गर्न पाएको अवसरलाई केही नेताहरूले व्यक्तिगत विलासिता र स्वार्थमा बदल्ने प्रयास गरे। महँगा वस्त्र, जुत्ता, चश्मा र महलहरू निर्माण भए, तर जनताको पीडा सुन्ने कान कम भए। जब सत्तामा अहंकार बढ्छ, तब कु–शासन जन्मिन्छ।

तर भगवानको नियम अटल छ। अन्याय धेरै समय टिक्दैन। जनताको चेतना जाग्दा परिवर्तन अवश्य हुन्छ। हालको जनादेशले पनि यही सन्देश दिएको छ। सत्ता जनताको सेवा गर्नका लागि हो, शोषण गर्नका लागि होइन।

हाम्रो संस्कृति र धर्मले सधैं भन्छ-  ‘परहित सरिस धर्म नहि भाई, पर पीडा सम नहि अधमाई।’ अर्थात् अरूको भलाइ गर्नु नै सबैभन्दा ठूलो धर्म हो। सत्य, अहिंसा, सेवा र सद्भाव नै मानवताको साँचो मार्ग हुन्।

नेपाल तपोभूमि, ज्ञानभूमि, मुक्तिभूमि र शान्तिभूमि हो। अब आउने दिनहरूमा नेतृत्वले सत्य वाणी, सत्य कर्म र सत्य मार्ग अपनाएर देशलाई समृद्ध र न्यायपूर्ण बनाउन सकोस् भन्ने कामना गरौँ। भगवान श्री पशुपतिनाथको कृपाले हाम्रो मातृभूमि नेपाल सधैं शान्ति, समृद्धि र उन्नतिको मार्गमा अघि बढोस्।

जय नेपाल
ॐ शान्तिः शान्तिः शान्तिः ।