सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
पोखरेललाई यसअघि जेठ ५ गते बसेको सशस्त्र प्रहरी बलको बढुवा समितिको बैठकले एआईजी पदका लागि सिफारिस गरेको थियो। सोही सिफारिसलाई गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेश गरिएको थियो।
गृह मन्त्रालयको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले पोखरेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो।
पोखरेलको बढुवासँगै सशस्त्र प्रहरी बलको उच्च नेतृत्व तहमा नयाँ जिम्मेवारी व्यवस्थापन हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्