ईरानले यूएईमा गरेको आक्रमणमा एक नेपालीको मृत्यु भएको छ । त्यही आक्रमणमा अन्य दुई पाकिस्तानीर बंगलादेशीको पनि मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यी तीन जनाको मृत्युको विषयमा विस्तृत विवरण आउन बाँकी छ । उनीहरुको पहिचान पनि खुलेको छैन । यूएईको राष्ट्रिय सञ्चारमाध्यम गल्फ न्युजले अहिले यूएईको अवस्था सामान्य रहेको जनाइएको छ।
युएईमा वैध रुपमा गएका नेपालीको संख्या ७ लाख रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्