Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ३० शनिबार, ५:५३ अपराह्न
यी हुन् एमालेका १६ जना समानुपातिक सांसद

नेकपा एमालेले समानुपातिकतर्फ १६ जना सांसदको नाम सार्वजनिक गरेको छ । पार्टीको सचिवालय बैठकले समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको हो ।

समानुपातिकबाट सांसद बन्नेमा जनजाति महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ, पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य तथा खस आर्य महिलातर्फ पद्मा अर्याल र टुकाभद्रा हमाल रहेका छन् ।

पिछडिएको क्षेत्रबाट महिलामा एशुदाकुमारी बराल छिन् । पुरुषमा गुरुप्रसाद बराल र पुष्पराज कंडेल, थारुमा कृपाराम राना र दलित महिलामा विष्णुमाया बिके र नीता घतानी, मधेसी महिलातर्फ रिङ्ला यादव र यशोधाकुमारी यादव तथा पुरुषतर्फ चन्द्रेश्वर मण्डल रहेका छन् ।

यस्तै मुस्लिम महिलामा साजिदा सिद्दीकी रहेकी छन् ।