Advertisement GIF
कल्पवृक्ष
भाद्र १ आइतबार, ११:२० अपराह्न
मोडलिङमा चर्चा बटुल्दै प्रमिता

नेपाली भाषामा गीतमा अभिनय गर्ने अर्थात मोडलिङ पछिल्लो समय गीतहरुमा अनिवार्य नै बन्दै गएको छ । पहिले सिडी अर्थात चक्कामा गीत सुनिन्थ्यो भने अहिले गीत सुन्नेमात्र होइन भिडियो बनाएर हेर्नेक्रम अनिवार्यजस्तै भएको छ । हो, यही गीतलाई हेर्ने प्रविधि नै मोडलिङको रुपमा आएको हो । गीतलाई अभिनयमार्फत श्रोता तथा दर्शकको मन जित्ने कला प्रस्तुत गर्ने मोडल हुन् । अहिले पछिल्लो समय चर्चा बटुल्दै आएकी एक मोडल हुन्, प्रतिमा राजघतानी ।

घतानीले गीतहरुमा मोडलिङ गर्दै आएकी छन् भने केही टेलिफिल्ममाा पनि आफ्नो कला प्रस्तुत गर्ने अवसर पाइसकेकी छन् । केही वृत्तचित्र अर्थात लघु चलचित्रमा पनि अभिनय गरेर आफ्नो कला दर्शकसम्म पुर्याइ सकेकी छन् ।

प्रतिमाले हालै अञ्जु पन्तले गाएको ‘मैले बा– आमा त्यागेर’ बोलको गीतमा मोडलिङ गरिन् । यसले उनलाई केही चर्चा दियो भने उनीमा केही ऊर्जा पनि थप्यो । प्रतिमाले १ सय बढी गीतमा मोडलिङ गरिसकेकी छन् । पछिल्लो समय उनलाई गीतमा मोडलिङ गर्न प्रस्तावहरु प्रसस्त आउन थालेको उनले बताइन् ।

घतानीले अभिनय गरेका रुमाल, पैसा, राम्री, सैलुङ्गे मोत्तान, वैश छँदा बोलका गीत छन् । उनको मोडलिङ यात्रा निरन्तर चलिरहेको छ । मोडलिङसहित केही फेसन शो मा पनि उनले प्रस्तुति दिइसकेकी छन् । सुपर नेक्स्ट टप मोडलमा फस्ट रनर अप भएकी प्रमिताले केही विज्ञापनमा पनि अभिनय गरेकी छन् । डि सिने अवार्डमा उनले नृत्य प्रस्तुत गरिन् । नाचमा पनि उनलाई राम्रो तारिफ आउने गरेको छ ।

अभिनयलाई नै निरन्तरता दिने उदेश्यले स्थायी घर सिन्धुपाल्चोकबाट राजधानी पसेकी प्रमिता राजघतानी सानै उमेरदेखि यस क्षेत्रको सौखले तानेको बताउँछिन् । र, यही पेशालाई जीवनभर लिएर अघि बढ्ने लक्ष्य सुनाउँछिन् ।

हालै बाजी कस्ले जित्छ शीर्षकको ‘कम्पिटिसन मजाले पर्ने भो, यो केटा (केटी) को पसिना झर्ने भो, हेरौला हेरौला बाजी कस्ले जित्छ’ बोलको गीतमा राम्रो अभिनय गरेकै कारण उनको बजारमा चर्चा चलिरहेको छ । यसमा गीत र संगीत ऋषि खड्काको छ भने कोरियोग्राफी तथा निर्देशन विक्रम चौहानको छ । शिव संगीत र रेश्मा पुनको श्वरमा रहेको गीतमा रेशम नेप्किङ र प्रमिता राजघतानीले जोडदार अभिनय गरेका छन् ।

प्रतिमाको अबको चाहना भनेको फिचर फिल्ममा अभिनय गर्ने रहेको छ । जसका लागि उनी आवश्यक सीप सिक्दै मोडलिङमा ब्यस्त भइरहेकी बताउँछिन् ।